arrow

पहाडी भू-भागमा बदली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
climate.jpg

काठमाडौं । आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

 देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिन उल्लेख छ। 

त्यस्तै भोलि बुधवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश केही र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही तथा  बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ