arrow
ADVERTISEMENT

ट्रम्पको राहदानी चोरी, एफबीआईमाथि आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
trump-house.jpg

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो राहदानी चोरी भएको बताएका छन् ।  ट्रम्पले  एफबीआईले आफ्नो राहदानी चोरेको आरोप लगाएका छन्।

गत हप्ता ट्रम्पको विलासी पाम हाउस र रिसोर्ट मार-ए-लिगोमा एफबीआईले छापा मारेको थियो । ट्रम्पले आफ्नो निवासमा हालै एफबीआईको छापामा आफ्नो राहदानी चोरी भएको बताएका छन्। 

"मार-ए-लागो सम्पत्तिको खोजीको क्रममा, मेरा तीन वटा राहदानी चोरी भएको छ।' ट्रम्पले भनेका छन्  ‘यो राजनीतिक प्रतिद्वन्द्वीमाथिको आक्रमण हो र जुन हाम्रो देशमा पहिले कहिल्यै देखिएको थिएन ।'

ट्रम्पले यो सबै कुनै न कुनै षड्यन्त्रमा भइरहेको बताएका छन् । ट्रम्पको घरमा मारिएको छापा नै अमेरिकाको इतिहासमै अमेरिकी पूर्व राष्ट्रपतिको घरमा छापा मारेको पहिलो पटक थियो । एफबीआई एजेन्टहरूले मार-ए-लिगोमा छापा मार्दा ट्रम्प त्यहाँ थिएनन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ