arrow

धादिङमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
accident-final_1618120153.jpg

धादिङ । धादिङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मार्बल बोकेको ट्रेलरले जीपलाई ठक्कर दिँदा दुर्घटना भएको हो । 

पृथ्वी राजमार्ग अन्तर्गत गल्छी गाउँपालिका वडा नं. ६ चिरौदी पुलमा चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको मार्बल बोकेको ट्रेलरले बाग्मती प्रदेश-०१-०२५ च ७८७२ नम्बरको जीपलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा मृत्यु हुनेमा जीपमा सवार धादिङका ज्वालामुखी गाउँपालिका वडा नं. १ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र २५ वर्षीय राजेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए । 

दुर्घटनामा परी घाइते बनेका ट्रेलर चालक र सहचालकको उपचारपछि उनीहरू प्रहरीको नियन्त्रणमा रहेको निरीक्षक थापाले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ