arrow

प्रदेश १ र बागमतीमा चट्याङसहितको वर्षा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
climate.jpg

काठमाडौं । हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ मा सामान्य बदली रही देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र देशका अन्य भूभागमा आंशिक बदली रहनेछ।

 प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती  गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ