arrow

हर्क साम्पाङ्गलाई अर्थमन्त्रीले के भनेर पठाए ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
harka-janrdan.jpg

काठमाडौं । धरानको खानेपानी समस्या समाधानका लागि सङ्घीय राजधानी काठमाडौं आएका मेयर हर्क साम्पाङ्गले अर्थमन्त्री जनार्दन शर्मासँग मङ्गलवार भेट गरे । 

दिउसो उपमेयर अईन्द्र विक्रम बेघासहित अर्थ मन्त्रालय पुगेका मेयर साम्पाङ्गलाई अर्थमन्त्री शर्माले स्वागत गर्दै खादा समेत ओढाए ।

भेटमा मेयर साम्पाङ्गले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न सङ्घीय सरकारको सहयोग आवश्यक रहेको बताए। 

उनले भने ‘तपाईँहरू हाम्रो अभिभावक हो जनताको यो समस्या समाधान गर्न आवश्यक सहयोग गरिदिनुहोला।’

मन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन सङ्घीय सरकारले महानगर पालिकालाई सहयोग गर्ने आश्वासन दिए ।

 भेटमा मन्त्री शर्माले मेयर साम्पाङ्ग र उनको टीमले धरानका जनताको खानेपानीको समस्या समाधान गर्न गरेको जनपरिचालनको उच्च प्रशंसा गरे। 

‘तपाईँले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ’, मन्त्री शर्माले भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ