- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा। नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले झापाबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । महामन्त्री शर्माले बुधवार ट्विट गर्दै आफू झापाबाट उम्मेदवार बन्ने बताएका हुन् ।
यसअघि शर्मा काठमाडौ ५ बाट चुनाव उठ्ने चर्चा चलेको थियो । शर्माले सो कुरालाई प्रस्ट पार्दै झापामै उम्मेदवार बन्ने बताएका छन् ।
शर्माले ट्विटमा लेखेका छन् । फेरि प्रस्ट्याऊँ - वाग्मतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो l तर मान्छे म मेची र निन्दा किनारकै हो ! काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्ने छु नै l तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु l प्रेम उता घरजम यता कुरै हुन्न l'
यसअघि शर्माले झापा क्षेत्र नं. १ बाट चुनाव लडेका थिए । उनलाई करिब ३ हजार मतान्तरले माओवादी केन्द्रका राम कार्कीले पराजित गरेका थिए ।