arrow

अमेरिका र दक्षिण कोरियाले युद्धाभ्यास गर्न खोज्दा उत्तरले हान्यो क्रुज मिसाइल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
kim-jong-un-bbc.jpg

काठमाडौं । उत्तर कोरियाले गत महिनाको सुरुमा पछि पहिलो पटक दुईवटा क्रुज मिसाइल प्रहार गरेको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् ।  'आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज मिसाइलहरू प्रहार गरेको हामीले पत्ता लगाएका छौं,' एक दक्षिण कोरियाली सैन्य अधिकारीले बुधवार योनहाप समाचार एजेन्सीलाई भनेका छन् ।

यसअघि १० जुलाईमा उत्तर कोरियाले पछिल्लो पटक हतियार परीक्षण गरेको थियो । त्यतिबेला थुप्रै रकेट लन्चरहरू देखा परेका थिए । अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरुले आजको मिसाइल परीक्षणबारे थप जानकारीहरु संकलन गर्न अनुसन्धान गरिरहेको बताएका छन् ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अगस्ट २२ देखि सेप्टेम्बर १ सम्म हुने उल्ची फ्रिडम शिल्ड भनेर चिनिने लामो समयदेखि निलम्बित प्रत्यक्ष फिल्ड प्रशिक्षणको तयारीमा चार दिने प्रारम्भिक संयुक्त अभ्यास शुरु गरेको एक दिनपछि उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो।

प्योङयाङले यो सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्दै आक्रोश व्यक्त गरेको छ । यसअघि बुधबार दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले उत्तर कोरियाले आणविक हतियारको विकास रोकेर आणविक निशस्त्रीकरण सुरु गरेमा उसलाई चरणबद्ध आर्थिक सहायता उपलब्ध गराउन तयार रहेको बताएका थिए ।

प्योङयाङले आफ्ना हतियार कार्यक्रमहरूमा कडा अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको बाबजुद यस वर्ष प्रतिबन्धित इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) सहितका हतियार परीक्षणको अभूतपूर्व योजना सञ्चालन गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ