- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले ‘एकाधिकार विरुद्ध’ खबरदारी सभा गरेको छ । डा. शेखर कोइराला समूह निकट रहेका भ्रातृ संगठनहरुको संयोजनमा नेताहरुले बुधबार राष्ट्रिय सभागृहमा ‘एकाधिकार विरुद्ध’ खबरदारी सभा गरेका हुन् ।
नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघको ब्यानरमा आयोजना गरिएको सभामा कांग्रेस पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी प्रमुख अतिथि थिए । सभामा नेका केन्द्रीय सदस्यहरु मधु आचार्य, सरिता प्रसाईं, किरण यादव, प्रतिमा गौतम, दिनेश कोइरालाका साथै जगदीश्वर नरसिंह केसी, गुरुराज घिमिरे, भुपेन्द्रजंग शाहीलगायत नेताहरु सहभागी रहेका थिए ।
यस्तै १४ औँ महाधिवेशनमा पार्टीको प्रदेश कार्यसमिति सभापतिका उममेदवारहरु, नेविसंघ, तरुण दलका पूर्व अध्यक्ष पदाधिकारी, नेता–कार्यकर्ताहरुको उक्त सभामा बाक्लो उपस्थिति रहेको थियो।
तर समूहको नेतृत्व गर्दै आएको डा शेखर कोइराला र १४ औँ महाधिवेशनमा इतर समूहबाट पदाधिकारीमा विजयी भएका नेताहरुको भने उपस्थिति थिएन ।
खबरदारी सभाको संयोजन तरुण दलका नेता निरन्जन थापाले गरेका थिए ।