arrow

मेघ गर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
climate.jpg

काठमाडौं । आज देशका विभिन्न स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहैको छ । 

अहिले देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ । 

भने बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।
 
आज दिउँसो लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।



नयाँ