arrow

बहस नागरिकताको

प्रदीप ज्ञवालीले भने- नागरिकता विधेयकमाथि संसद्मा बहस होस्

संसद्को अधिकारलाई सङ्कुचन गर्न मिल्छ कि मिल्दैन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
pradeep-gyawali3.jpg

काठमाडौं । नेका एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता आएको नागरिकता विधेयक माथि सत्ता पक्ष र विपक्षी दलबीच छलफल हुनुपर्ने बताएका छन् । 

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ज्ञवालीले तर त्यस्तो हुन नसकेको बताए । सत्ता गठबन्धनले जस्ताको त्यस्तै विषयक पारित गर्ने तयारी गरेको उनले सुनाए । 

उनले भने,' सदनमा विचाराथी विषयलाई बन्द कोठामा दलका नेता बर्सेर  यो संसद्को अधिकारलाई सङ्कुचन गर्न मिल्छ कि मिल्दैन ? त्यसो गर्दा सांसदको गरिमा कायम हुन्छ कि हुँदैन ?'

विधेयक माथि सांसदहरूले संशोधन राख्न पाउने अधिकारलाई सुनिश्चित गर्न उनले माग राखे । उनले भने,' प्रतिनिधित्व सभा नियमावली १३६ को उपदफा ३ ले सन्देश सहित फिर्ता पठाइएको विधेयकहरू अन्य विधेयक सरह हुने भनिएको छ । म आग्रह गर्न चाहन्छु । त्यो नियमावलीको दफा १११ र दफा १०७ लाई गभीरता पूर्वक ध्यानमा राखेर प्रत्येक माननीय ज्यूको संशोधन राख्न पाउने अधिकारलाई सुनिश्चित गरिनुपर्छ । र जनताको प्रियालाई लिएर पनि अघि बढाउनुपर्छ ।' 



नयाँ