arrow

राजस्व घटेपछि जापानले सुरू गर्‍यो रक्सी पिलाउने अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
japan-drinking.jpg

काठमाडौं । युवाहरूमा रक्सी पिउने कमी देखिएपछि कर राजस्वमा गिरावट आएसँगै जापानले रक्सी पिउन प्रोत्साहित गर्ने किसिमको देशव्यापी प्रतिस्पर्धा सुरु गरेको छ ।

२० देखि ३९ वर्षका वयस्कहरूलाई मादक पेय पदार्थ पिउन अपिल गर्ने हेतुले जापानको राष्ट्रिय कर एजेन्सी (एनटीए)ले 'साके भीभा' (Sake Viva) अभियान चलाउन थालेको हो ।

कोभिड१९को महामारीका कारण जीवनशैलीमा परिवर्तन आएसँगै युवाहरूमा मदिरा सेवन गर्ने क्रम घटेको देखिएको छ ।

गार्डियनले रिपोर्ट गरे अनुसार सेप्टेम्बर ९ सम्म खुला रहने प्रतियोगिताले घरमा पिउन प्रोत्साहन गर्ने रणनीतिहरूको अतिरिक्त नयाँ वस्तुहरू र डिजाइनहरूको अनुरोध गर्दछ। 

स्थानीय वेबसाइट जीजीडटकमले प्रतिस्पर्धीहरूलाई मेटावर्स आधारित बिक्री रणनीतिहरूको खोजी गर्नसमेत सल्लाह दिएको छ ।

एनटीएका अनुसार जापानमा सन् १९९५ मा औसत वार्षिक मदिरा खपत १०० लिटर प्रतिव्यक्ति रहेको थियो । सन् २०२० मा यो घटेर ७५ लिटर पुगेको छ ।

रक्सीको बिक्रीमा आएको गिरावटले जापानको वित्तीय क्षेत्रलाई समेत हानी पुर्‍याएको छ । सन् २०२० मा रक्सी सम्बन्धी करहरू जापानको कुल कर राजस्वको १.७ प्रतिशत मात्रै थियो । जुन सन् २०११ मा ३ र सन् १९८० मा ५ प्रतिशत रहेको थियो ।

एनटीएले यस महिनाको सुरुमा सन् २०२० को आर्थिक वर्षमा मदिरा करबाट जम्मा भएको कुल राजस्व अघिल्लो वर्षको तुलनामा ११० अर्बभन्दा बढीले घटेर १.१ ट्रिलियन पुगेको जनाएको छ । जापान टाइम्सले यो ३१ वर्षमा मदिरा कर राजस्वमा सबैभन्दा ठूलो कमी भएको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ