- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तनहुँ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको संगठनात्मक कार्यशाला तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ । कार्यशाला दुई दिनसम्म सञ्चालन भएको थियो ।
कार्यशालामा गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव, संगठन विभाग प्रमुख, प्रदेशमा रहेका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी, २२ वटै जनवर्गीय संगठनका प्रदेश अध्यक्ष सहभागी थिए ।
कार्यशालमा एमाले सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य खगराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्दै पार्टी एक हुनुपर्नेमा जोड दिएका थिए । कार्यपत्रमाथि कार्यशालामा सहभागीले समूहगत छलफल गर्दै विभिन्न सुझाव दिएका थिए ।
कार्यशालाको समापनमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको आन्तरिक एकतालाई मजबुद पार्दै नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेलाई पुनः बहुमतसहित पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए ।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्यहरु कर्ण थापा, भानुभक्त ढकाल, गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहनप्रसाद रेग्मी, सचिव धनञ्जय दवाडी, उपसचिव रश्मी आचार्य लगायतले बोलेका थिए ।