arrow

काठमाडौं केहीदिनमै सफासुग्घर बन्दै, एकैदिन दुई सय चौरासी गाडी फोहर बोकेर पुगे बन्चरेडाँडा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
fohar-bancharedada.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले उपत्यकाको फोहर केही दिनमा उठाइसकिने बताएका छन् । सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरु हटेको र बिहीबार मात्रै २८४ गाडी फोहोर बन्चरेडाँडा पुगेको उनले जानकारी दिए । 

साहले आफूहरुसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेकाले समस्या रहेको बताएका छन् । ‘यही अवस्था कायम रहिरहेमा केही दिनमा नै सबै फोहर उठिसक्ने छ । हामीसँग सीमित मात्रामा फोहर बोक्ने ट्रकहरु रहेका छन् । ट्रिपर, ट्रक जस्ता ठूला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहर उठाउन सकिन्छ’, साहले भनेका छन् ।  

फोहर उठाउन महानगरले यातायात व्यवसायीसँग सहयोग लिएको थियो । महानगरको आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर (निःशुल्क ३० वटा०), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगी लगायतलाई उनले धन्यवाद दिएका छन् । 

महानगरलाई थप ट्रिपर तथा ट्रक उपलब्ध गराउन चाहने व्यक्ति वा संस्थालाई सम्पर्क गर्न साहले आह्वान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ