arrow

श्रीकृष्ण जन्माष्टमीमा मानव धर्मको वृहत् र्‍याली र सतसंग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
opneing-manav.jpg

काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले श्रीकृष्ण जन्माष्टमीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । कृष्ण जन्माष्टमीको अवसरमा समितिले शुक्रवार बिहान झाँकीसहितको वृहत् र्‍याली र दिउँसो समितिको प्राङ्गणमा गौशालामा महान् सतसंग समारोह सम्पन्न गरेको छ । 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यही दिनको अवसर पारेर समितिले आत्म ज्ञान, ब्रम्हविद्यालाई जान्न सुझाएको छ । 

समितिकी केन्द्र प्रमुख महात्मा चमेली बाईजीले श्रीकृष्ण भगवानले लगाएको गुनलाई नबिर्सनु नै उहाँ प्रति सच्चा भक्ति हुने बताइन् । भगवादको नाम परावाणीको विषय भएको श्रीकृष्णले अर्जुनलाई सुनाएको भन्दै महात्मा चमेली बाइजीले गर्नमा अति नै गोपनीय र सजिलो रहेको तत्वज्ञानको बोध सबैले गर्नुपर्ने बताइन् ।  

कार्यक्रममा बाग्मती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले कलियुगमा साधनाको विधि जान्नेलाई भाग्यमानीको संज्ञा दिए। उनले आफू राजनीतिज्ञको साथै साधक समेत भएको बताए । उनले भने,' म एक राजनीतिज्ञ सँगै साधक पनि हुँ । जसले ज्ञानको दीक्षा लिनुभएको छ वहाँहरू भाग्यमानी हुनुहुन्छ ।' 

कार्यक्रममा अतिथि नेपाल वेद विद्याश्रमका प्राचार्य केशव प्र.अधिकारी, वाग्मती प्रदेश सभा सदस्य भीमसेन खत्रीले आफ्नो मन्तव्य राखेका थिए । 

समितिको तर्फबाट महात्मा लता बाईजी, त्रिगुणा बाइजीले ज्ञान योगको विषयमा प्रकाश पारेका थिए। कार्यक्रममा नृत्य, गीति नाटक भजन आदी प्रस्तुति गरिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ