arrow

भारतलाई जिम्बावेविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ४ शनिबार
india-zimbabwe-cricket-2022.jpg

काठमाडौं । जिम्बावे विरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । हरारेमा शनिबार भएको खेलमा पाहुना टोली भारतले घरेलु टोलीलाई ५ विकेटले हराएको हो ।

घरेलु टोलीले दिएको १ सय ६२ रनको विजयी लक्ष्य पाहुना टोलीले २५ ओभर ४ बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो । प्लेयर अफ द म्याच सन्जु सामसनले अविजित रहँदै ३९ बलमा ४३ रन बनाए । उनले ३ क्याचसमेत लिएका थिए ।  शिखर धवन र शुभमन गिलले समान ३३–३३ रन बनाए । 

यसअघि पहिले ब्याटिङ गरेको जिम्बाबेले ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ६१ रन बनाएको थियो । सेन विलियम्सले ४२ तथा रायन बर्लले अविजित ३८ रन बनाए । भारतका शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए । 

यो जितसँगै भारतले ३ खेलको एक दिवसीय श्रृंखलामा एक खेल अगावै उपाधि जितेको छ । पहिलो खेलमा भारत १० विकेटले विजयी भएको थियो । 

तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ