arrow

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना सङ्क्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
fumio-kishida-japan-pm.jpg

काठमाडौँ। जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरसको सङ्क्रमण कोभिड–१९ भएको र उनी अहिले आफ्नो सरकारी निवासमा स्वास्थ्य लाभ गरिरहेको उनको कार्यालयले आइतबार जनाएको छ ।

साताव्यापी बिदाबाट भर्खरै फर्किएका किशिदाले सोमबारदेखि काम सुरु गर्ने भएका छन् ।

उनलाई शनिवार खोकी र ज्वरो आएको थियो र आइतबार बिहान पीसीआर परीक्षण गर्दा दिउँसो पोजेटिभ नतिजा पुष्टि भएको मन्त्रिपरिषद्का प्रवक्ताले जनाएका छन् ।

जापानमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ। विश्वको तेस्रो ठूलो अर्थतन्त्रमा फेरि व्यवसायहरूलाई जटिल स्थितिमा धकेल्दै सङ्क्रमण बढेको छ । यद्यपि, मृत्यु हुनेको सङ्ख्या भने पहिलाको तुलनामा कम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ