मेक्सिको । एक अनलाइन पत्रकारको हत्या भएको छ । दक्षिणी मेक्सिकोमा उनको हत्या गरिएको एपीले लेखेको छ । पत्रकार फ्रेडिड रोमनको गोली हानी हत्या भएको हो ।
रोमनले ‘द रियारिली अफ गुरेर्रो’ नामक राज्य स्तरीय राजनीतिमा कार्यक्रम चलाउँदै आएका थिए । उनी स्तम्भकार पनि थिए । गुरेर्रो त्यस्तो राज्य हो जहाँ लागूऔषध गिरोह, सशस्त्र सुरक्षाकर्मी र अन्य समूहबीच भिडन्त भइरहन्छ ।
सन् २०२२ मा मात्रै मेक्सिकोमा १५ पत्रकारको हत्या भइसकेको छ ।