arrow

घाटाको द्रूतमार्ग

साढे २० अर्ब बढीको डिजेल, पेट्रोल र एलपी ग्याँस एक महिनामै भित्रियो  

न मूल्य घटाउँछ न घाटा कम भएको देखाउँछ आयल निगम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । चालु आर्थिक वर्ष २०७९–८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्याँस आयात गरेको छ । 

गत साउन महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको हो । विभागका अनुसार साउनमा नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेट आयात गरेको छ । 

सोही समयमा भारतबाट ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल र ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँको एलपी ग्याँस नेपाल भित्रिएको विभागले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७८–७९ को पहिलो महिनामा नेपालले १४ अर्ब ६१ करोड ६२ लाख ६९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्याँस आयात गरेको थियो । 

गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा नेपालले ६ अर्ब २ करोड ८५ लाख ८७ हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपी ग्याँस आयात गरेको छ । 

घाटाको निगमले अत्यधिक मात्रामा पेट्रोलियम पदार्थ भित्र्याइरहेको छ । चुहावट कम गर्न सकेको छैन भने सरकारी कार्यालयहरुमा अत्यधिक मात्रामा खर्च भइरहेको छ । 

निगमले सस्तोमा ल्याएर उपभोक्तालाई महंगोमा पेट्रोलियम पदार्थ बेचे पछि घाटा कम गर्न सकेको छैन । 

मूल्य घटाउन भएको दबाबलाई उसले सुनेको पनि छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ