arrow

कार्यदल संयोजक सिटौला अस्पतालमा भर्ना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
krishna-sitaula-congress.jpeg

काठमाडौं । कोरोना संक्रमण भएपछि नेपाली कांग्रेसका नेता एवं सत्ताधारी गठबन्धन सिट बाँडफाँट कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला अस्पतालमा भर्ना भएका छन् । 

मंगलबार बिहानदेखि अस्वस्थ्य भएका सिटौलाको साँझ ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । उनी मंगलबार राति घरमै आइसोलेसनमा रहेको भए पनि थप अस्वस्थ्य भएपछि बुधबार दिउँसो ह्याम्पस अस्पतालमा भर्ना भएका छन् । 

उनलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने तथा रगतमा हेमोग्लोबिनको कमी देखिएको छ । 

उनको ह्याम्सको कोभिड वार्डको आइसोलेसनमा उपचार भइरहेको छ । 

थप यो समाचारमा रिपोर्टसहित कांग्रेस नेता सिटौलालाई कोरोना


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ