arrow

कांग्रेस नेता सिटौलालाई कोरोना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
krishna-sitaula-congress.jpeg

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्वमन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्यमा केही समस्या देखिएपछि मंगलबार साँझ ह्याम्स अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना देखिएको हो । 

उनी अहिले आफ्नै निवासमा आइसोलेसनमा रहेका छन् । उनी चिकित्सकको परामर्श अनुसार दिउँसो अस्पतालमा भर्ना हुने बताइएको छ । 

अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ । 

उनी सत्ताधारी पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तोकेका कार्यदलका संयोजकसमेत हुन् । पछिल्लो समय निरन्तरजसो सिट बाँडफाँटका लागि नेताहरुबीच छलफल भइरहेको थियो । 

हिजो बिहान भएको छलफलका क्रममा उनलाई सन्चो नभएको भन्दै छिट्टै बैठकबाट फर्केका थिए । योसँगै पाँच दलीय गठबन्धनको उक्त कार्यदलका अन्य सदस्यहरु सबै ट्रेसिङमा परेका छन् । 

उनलाई कोरोना भएपछि कार्यदलको बैठकसमेत प्रभावित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ