- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११ बजेबाट शुरु हुनेछ ।
केन्द्रीय बैठकमा आवश्यक संशोधनसहित उम्मेदवारको मापदण्ड पारित गर्ने एमालेको तयारी छ । हिजोको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड तय गरेको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ । त्यसमाथि समूहगतरूपमा छलफल भएर आवश्यक निर्णय लिनेछ ।
चार दिनदेखि लगातार चलेको एमाले बैठक १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बसेर समापन हुनेछ ।
आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस योजना बनाउनका लागि पार्टीले यही भदौ १२ गतेसम्म स्थायी, पोलिटब्यूरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो ।
हालसम्म एमलेले स्थायी कमिटी बैठक, पोलिटब्युरो बैठक सम्पन्न गरेको छ । आज र भोली केन्द्रीय कमिटी बैठक तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ ।