arrow

कुमारी बैङ्क र द बर्गर हाउसबीच सहकार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
kumari-bank--fried-chicken-surket-signig-2022.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र वीरेन्द्रनगर सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच आफ्ना ग्राहकहरूलाई सेवाहरूमा कुमारी बैङ्कका डेबिट-क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने भएको छ।

सो सहकार्य पश्चात् कुमारी बैङ्कका ग्राहकहरूले वीरेन्द्रनगरस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन्।

जिन्दगीको निरन्तर भाग दौडमा थकित तन र मनलाई क्रियाशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक ऊर्जा र सचेतना पूर्ण जागरणका लागी विश्राम अत्यावश्यक रहेको छ। सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैङ्कले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत द बर्गर हाउसका विभिन्न सेवाहरूमा बैङ्कका डेबिट-क्रेडिट कार्ड वाहकहरूलाई आकर्षक छुटको व्यवस्था गरेको बैङ्कको विज्ञप्तिमा उल्लेख गरिएको छ।

कुमारी बैङ्कले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४९ शाखारहित बैङ्किङ इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ