arrow

तेल बोकेको ट्रक त्रिशूली किनारमा खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
truck-accident.jpg

काठमाडौं । खानेतेल बोकेको ट्रक त्रिशूली नदी किनारमा खसेको छ । ना५ख ५९५५ नंको ट्रक आज विहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ जरेखेतको सडकबाट दुई सय मिटर तल त्रिशूली नदी किनारमा खसेको हो 

ट्रककले विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै थियो । किनारमा खसेको ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको छ। प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

समयमै आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगिएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ