arrow

गोकर्णेश्वरमा सवारी दुर्घटना, प्रहरी हवल्दार कटुवालको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
accident-final-1618290232.jpg

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा गएराति सवारी दुर्घटना हुँदा एक प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कूटर चालक काठमाडौंकै शंकरापुर नगरपालिका वडा नं. ५ पालुबारीका ३५ वर्षीय बालकुमार कटुवाल रहेका छन् । उनी प्रहरी प्रभाग साँखुमा कार्यरत थिए ।

गएराति ११ बजे गोकर्णेश्वर नगरपालिका वड नं. ६ अर्थोपेडिक अस्पताल नजिकै कटुवाल सवार बा ७६ प १३५ नम्बरको स्कूटर बागमती प्रदेश ०२ ०१९ प २४७६ नम्बरको मोटरसाइकलसंग ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका कटुवालको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा गए राति पौने १२ बजे मृत्यु हो ।

सोही स्कूटरमा सवार जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठ घाइते भएका छन् । उनीरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । 

यस्तै, मोटरसाइकलमा पछाडि सवार भक्तपुरका २० वर्षीय रोजित गाइजुको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ