- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्ता गठबन्धनमै रहेका नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा वामपन्थीहरुको गठबन्धन हुनसक्ने भन्दै नेपाली कांग्रेसलाई धम्क्याएका छन् । माओवादी पार्टी गठबन्धन निर्माण गरेरै चुनावमा जाने बताउँदै कांग्रेसले आफूहरुलाई हेप्न खोजेको भन्दै धम्क्याएका हुन् ।
अहिले सत्ता गठबन्धन दलमा गठबन्धनको निर्णय भए पनि सिट बाँडफाँटमा कुरा मिल्न नसकिरहेको र कांग्रेसले आफुले भनेकै जस्तो मात्र हुने गरी सोचिरहे माओवादी केन्द्रसँग अनेक विकल्प रहेको भन्दै धक्की दिएका हुन् ।
पार्टीको चुनावी तयारी अभियानका क्रममा आइतबार ललितपुरको सानेपाको सिद्दार्थ कटेजमा बसेको बागमती प्रदेशभित्रका केन्द्रीय सदस्य तथा बागमती प्रदेश पदाधिकारीको बैठकलाई सम्वोधन गर्दै प्रचण्डले कांग्रेसले ज्यादिविधि माओवादीसँग वाममोर्चाको पनि विकल्प रहेको बताएका हुन् ।
प्रचण्डले कांग्रेसले बखेडा गरिरहे वाम फ्लेभरको वाममोर्चासमेत बनाएर अगाडि बढ्ने बताए । ‘हामीसँग वाममोर्चाको पनि विकल्प छ। अहिले वाम लोकतान्त्रिक गठबन्धन छँदैछ । कांग्रेसले सिट बाँडफाँटमा ज्यादिविधि गरेछ भने पनि संयुक्त वाममोर्चाका रुपमा हाम्रो चुनावी तयारी अगाडि बढाउँछौं,’ प्रचण्डले भने, ‘कांग्रेसले बखेडा गरिरहे वाम फ्लेभरको वाममोर्चा बनाएर चुनावमा जाने अर्को हाम्रो विकल्प छदैछ ।’
प्रचण्डले माओवादीमा स्थानीय चुनावमा जस्तै अन्तर्घात भए पार्टी नै विघटन हुन सक्ने पनि बताए । पार्टीभित्र मजबुत एकता र बलियो संगठन निर्माण गरेर चुनावमा जानुपर्नेमा प्रचण्डले जोड गरे ।
‘हाम्रो बीचमा खुट्टा तानातान र अन्तर्घात भयो भने पार्टी विघटन कसैले रोक्न सक्दैन, त्यसैले पार्टीभित्र मजबुत एकता कायम गरेर चुनावको तयारीमा जुट्नुस् ।’ केही दिनअघि माओवादीका उपमहासचिव वर्षमान पुनले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग भेटघाट गरी गठबन्धनमा सहभागी हुनसक्ने संकेत गरेका थिए ।
तर एमाले उपमहासचिव ज्ञवालीले तत्काल कांग्रेसको साथ छाडेर आए गठबन्धन बन्न सक्ने बताएपछि माओवादीहरु उत्साही भएका छन् । ‘दुई दिनअघि एमाले उपमहासचिव ज्ञवाली र माओवादी उपमहासचिव पुनबीच भेटघाट भएको थियो ।
त्यस क्रममा वामगठबन्धबारे छलफल भएको बुझिएको छ’, माओवादीका एक नेताले भने । माओवादीले आफूलाई ५० सीट आवश्यक रहेको र त्यसो गर्दा कांग्रेसले ७५ सीट मात्रै लिन पर्ने माग गर्दै आएको छ ।
त्यस क्रममा कांग्रेसले आपत्ति जनाएपछि माओवादीले समाजवादी केन्द्रको फन्दा निकालेको थियो । अहिले भने नेकपा एस र माओवादीबीच एकताको प्रयास शुरु भएको छ । आइतबार पनि माओवादी र अध्यक्ष प्रचण्ड र एस पार्टीका अध्यक्ष माधव नेपालबीच छलफल भएको थियो ।