arrow

कर्मचारी बोकेको बस दुर्घटनामा दश जना घाइते, दुई गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १३ सोमबार
bus-accident-evergreen.jpg

दमौली । दमौलीबाट सरकारी कर्मचारी लिएर पोखरातर्फ जाँदै गरेको बस सोमबार साँझ दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ग१ख ४०२३ नम्बरको बस पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित गुणादी नजिकको सडकबाट तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकाको दमौलीको रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेमध्ये दुई जना गम्भीर रहेका छन् । 

घटनाको थप विवरण आउन बाँकी रहेकाले अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ