arrow

अग्नि सापकोटाका भाइ मेयर कृष्णप्रसादमाथि आक्रमण, भाइरल भिडियोमा महेश बस्नेतको नाम जोडेर प्रचार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
krishna-prasad-sapkota-maoist.jpg

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटामाथि आक्रमण भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । 

मंगलबार दिउँसोबाट भाइरल भइरहेको भिडियो स्थानीय तहको निर्वाचनताकाको हो । सार्वजनिक कार्यक्रममा उनीमाथि आक्रमण भएको देखिन्छ । आक्रमण हुन थालेपछि उनी भागेको र ‘पुलिस खोइ’ भन्ने आवाज पनि सुनिन्छ । 

यसबारे बुझ्न खोज्दा मेयर सापकोटाको मोबाइल स्विच अफ छ । उपमेयर सीता थापा, नगरपालिकाका सूचना अधिकारी राजभाइ श्रेष्ठले फोन रिसिभ गरेनन् । प्रशासकीय अधिकृत रामबहादुर केसीले भने आफू कार्यालयको काम विशेषले काठमाडौंमा रहेकाले केही जानकारी नरहेको बताए ।

मेयर सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका भाइ हुन् । माओवादी केन्द्रले सिन्धुपाल्चोकको चौताराको मेयरमा सापकोटालाई टिकट दिएपछि असन्तुष्ट पक्षले रोक्न खोजेका थिए । 

त्यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो । तर केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भने एमाले नेता महेश बस्नेत वाइसीएलको कार्यकर्ताबाट खेदिएको भन्दै पोस्ट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ