arrow

एसिया कपमा भारत र हङकङ भिड्दै, अफगानिस्तान सुपर चारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
afg-bang-2022.jpg

काठमाडौं । अफगानिस्तान यूएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । लगातार दुई जित निकाल्दै अफगानिस्तार सुपर चारमा पुगेको हो । 

अफगानिस्तानले श्रीलंका र बंगलादेशलाई हरायो । पहिलो खेलमा श्रीलंकालाई ८ विकेटले हराएको अफगानिस्तानले दोस्रो खेलमा मंगलबार राति बंगलादेशलाई ७ विकेटले हरायो । 

सारजाहमा बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य अफगानस्तानले १८ ओभर ३ बलमा  ३ विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रानले अविजित रहँदै ४३ तथा इब्राहिम जाड्रानले अविजित ४२ रन बनाए । हाज्रातुल्लाह जाजईले २३ र कप्तान मोहम्मद नाबीले ८ रन बनाए।

बंगलादेशका लागि शकिब अल हसन, मोसाडिक होसेन र मोहम्मद साईफुदिनले १–१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

बंगलादेशका मोसाडिक होसेनले अविजित ४८ रन बनाए । महमुदुल्लाहले २५ तथा मेहेदी  हसनले १४ रन बनाए ।

अफगानिस्तानका मुजिब उर् रहमान र राशिद खानले ३–३ विकेट लिए ।

यस जितसँगै समूह बी शीर्ष स्थानमा रहेर अफगानिस्तान सुपर चारमा पुगेको हो । अर्को टिम बंगलादेश र श्रीलंकाबीचको विजेता हुनेछ । यो खेल भोलि हुनेछ । 

आजको खेल
आज समूह ए को खेलमा भारत र हङकङ खेल्दैछन् । खेल बेलुकी ७ः४५ बजे हुनेछ । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो । हङकङले पहिलो खेल खेल्दैछ । 

दुवै समूहका शीर्ष दुई टिम सुपर चारमा पुग्नेछन् । त्यसपछि एक आपसमा खेलेर शीर्ष दुई टिमले उपाधिका लागि सेप्टेम्बर ११ मा फाइनल खेल्नेछन् । 



नयाँ