arrow

भारतीय सेनाध्यक्ष पाण्डे नेपाल आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
manoj-pandey-india-army-chief-general.jpg

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे यही भदौ १९ गते नेपाल आउने भएका छन् । प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष पाण्डे १९ गते आइतबार नेपाल आउन लागेका हुन् । 

उनीसँगै पाँच सदस्यीय भ्रमणदल रहने छ । पाँच दिने भ्रमणका लागि आउने पाण्डेले भ्रमणका क्रममा सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति शर्मासँग भेटघाट एवं छलफल लगायतका कार्यक्रम छन् । 

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

भारतीय सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति भण्डारीले एक विशेष समारोहकाबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने नेपाली सेनाले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ