- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको वरीयता फेरि घटेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अद्यावधिक गरेको पछिल्लो वरीयता अनुसार नेपालको टी–२० वरीयता एक स्थान घटेको हो । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा झरेको छ ।
अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा रहेको थियो । वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ ।