- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारत यूएईमा जारी एसिया कप क्रिकेटमा लगातार दोस्रो जितसहित सुपर चारमा पुगेको छ । पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको भारतले दोस्रो खेलमा बुधबार राति हङकङलाई हराउँदै सुपर चारमा पुगेको हो ।
दुबईमा बुधबार राति भएको खेलमा भारतले हङकङलाई ४० रनले हरायो । भारतले दिएको १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ बनाउन सक्यो । बाबर हायातले ३५ बलमा ४१ तथा किन्चित शाहले २८ बलमा ३० रन बनाए ।
भारतका लागि भुवनेश्वर कुमार, आबेश खान,रविन्द्र जडेजा र अर्शदिप सिंहले समान १–१ विकेट लिए ।
खेलमा पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट १ सय ९२ रन बनायो । भारतका लागि सूर्यकुमार यादव र विराट कोहलीले अर्धशतक बनाए ।
यादवले २६ बलमा अविजित रहँदै ६८ तथा कोहलीले ४४ बलमा अविजित रहँदै ५९ रन बनाए । अन्तिम ओभरमा सूर्यकुमारले २६ रन बनाएका थिए ।
लोकेश राहुलले ३६ तथा रोहित शर्माले २१ रन बनाए ।
यस जितसँगै समूह ‘ए’ को भारतको २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा रहँदै सुपर चारमा पुगेको हो ।
अब यो समूहबाट अब पाकिस्तान र हङकङमध्ये एक टिम सुपर चारमा पुग्नेछ । पाकिस्तान र हङकङबीचको भिडन्त शुक्रबार हुनेछ । जसले जित्छ उही सुपर चारमा पुग्नेछ ।
आज अर्को समूहको खेलमा बंगलादेश र श्रीलंका खेल्नेछन् । जित्ने टिम सुपर चारमा पुग्नेछ । हार्ने टिम बाहिरिने छ । यो समूहमा लगातार दुवै खेल जितेर अफगानिस्तान सुपर चारमा पुगिसकेको छ ।