arrow

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
Accident-sign.jpg

बझाङ । बझाङमा जिपको ठक्करबाट बुधबार एक पैदल यात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका वड नं. ९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् । 

केदारस्युँ गाउँपालिका-१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी जानकारी दिए । 

ओखेडाको घटनास्थलमै मृत्यु भएको हो । बुङ्गल नगरपालिका वडा नं. ६ घर भएका जिप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ