- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटमा आज समूह चरणको अन्तिम खेल हुँदैछ । आज बेलुकी पाकिस्तान र हङकङ खेल्दैछन् । यो खेलको विजेता सुपर चारमा प्रवेश गर्नेछ । यो समूहबाट समूह विजेता बन्दै भारत सुपर चारमा प्रवेश गरिसकेको छ । भारतले पाकिस्तान र हङकङलाई हराएको थियो ।
यो खेलसँगै समूह चरणको खेल सकिने छ । अहिलेसम्म भारत, अफगानिस्तान र श्रीलंका सुपर चारमा प्रवेश गरिसकेका छन् । बिहीबार रातिको खेलमा बंगलादेशलाई पराजित गर्दै श्रीलंका सुपर चारमा पुगेको हो ।
बंगलादेश २ विकेटले पराजित भयो । बंगलादेशले दिएको १ सय ८४ रनको लक्ष्य श्रीलंकाले १९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले ६० रन, कप्तान डसुन सनकाले ४५ तथा पाथुम निशन्काले २० रन बनाए । बंगलादेशका एबाडोट होसेनले ३ तथा ताक्सिन अहमेदले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन जोडेको थियो ।
बंगलादेशका लागि आफिफ होसेनले ३९ रन जोड्दा मेहदी हसनले ३८ रन बनाए । श्रीलंकाका वानिन्दु हसरंगा र चामिका करुनारत्नेले २–२ विकेट लिए ।
यस समूहमा अफगानिस्तान २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रह्यो । श्रीलंका २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रह्यो । अंकविहीन बंगलादेश भने बाहिरिएको छ ।