arrow

गोरखाबाट प्रचण्डको नाम सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
prachanda-2079-05-03.jpg

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम गोरखाबाट सिफारिस भएको छ । 

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारीका लागि माओवादी केन्द्रको बैठकले प्रचण्डको नाम प्रस्ताव गरेको हो । तर सो प्रस्ताव प्रचण्डले स्विकारे जिल्ला, प्रदेश हुँदै केन्द्रले अनुमोदन गर्नुपर्नेछ ।

प्रचण्ड सहित सोही क्षेत्रका लागि केन्द्रीय सदस्य हरिराज अधिकारी र सुशीला सिम्खडाको नाम प्रस्ताव भएको छ । २०७४ को निर्वाचनमा सो क्षेत्रबाट अधिकारी विजयी भएका थिए ।

प्रचण्ड चितवनबाट चुनाव लड्दै आएका छन् । प्रचण्डले अहिलेसम्म आफू कहाँबाट निर्वाचन लड्ने भन्ने बारेमा केही खुलाएका छैनन् । 

 प्रचण्डलाई यस पटक चितवन कांग्रेसले सङ्घीय संसद्को निर्वाचनमा चितवन ३ छाडिदिन आग्रह गरेको छ ।

 २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार बनेका प्रचण्ड चितवन–३ बाट निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ