- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल ग्रेडिङ पद्धति २०७८ अनुसार सार्वजनिक भएको हो।
पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने व्यवस्था बोर्डले ल्याएको छ।
दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ भने, एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना हुन पाउँदैन।
यस वर्ष कक्षा १२ को परीक्षा ४ लाख १० हजार ५० विद्यार्थीले दिएका थिए । परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट रिजल्ट हेर्न सकिनेछ।