arrow

गजल

logo
अर्पणा पोखरेल,
प्रकाशित २०७९ भदौ १८ शनिबार
arpana-pokharel.jpg

दिललाई पराइको साथ संसार लागि दियो 
दुनियाँलाई त यही यथार्थ बेकार लागिदियो ।

आफूलाई आकाशको तारा जस्तै सम्झन्थेँ म
त्यसैले त मार्कसिटमा पनि स्टार लागिदियो ।

उनलाई मृत्यु र बिछोडसँग डर लाग्छ सायद  
आफूलाई त भयानक उनकै प्यार लागिदियो ।

आफ्नो प्रेमिकाको हृदय बुझ्न चाहने प्रेमीलाई 
अफसोच आकर्षित त उनको श्रृङ्गार लागिदियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ