arrow

काठमाडौंमा सवारी दुर्घटना, दुई गम्भीर घाइते  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
accident-final-1618290232.jpg

काठमाडौं । काठमाडौंको तीनकुनेमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा अन्दाजी ६५ वर्षीया महिला रहेकी छिन् । 

उनको राष्ट्रिय ट्रमा सेन्टर महाँकालमा उपचार भैरहेको छ । घाइतेको पहिचान खुल्न बाँकी रहेको छ । हिजो राति साढे ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री महिलालाई ठक्कर दिइ फरार भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलसहित फरार चालकको खोजी भैरहेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ । यस्तै काठमाडौंको मूलपानीमा हिजो बेलुकी ७ बजे दुई ओटा मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् । 

बा ८२ प ६५९९ र बा ९५ प १५६६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । घाइते हुनेमा ६५९९ नम्बरका मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–२ झौखेलका ४० वर्षिय बिकाश थापा मगर रहेका छन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भैरहेको छ । 

दुबै मोटरसाइकल र १५६६ नम्बरको मोटरसाइकल चालक नियन्त्रणमा लिएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ