arrow

मोरङ ३ मा एमालेबाट फेरि भानुभक्त ढकाल

logo
विवेक मिश्र,
प्रकाशित २०७९ भदौ १९ आइतबार
bhanubhakta-dhakal-minister.jpg

मोरङ । प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेले मोरङ क्षेत्र नं ३ मा भानुभक्त ढकालको उम्मेद्धारका रुपमा सर्वसम्मत नाम सिफारिस गरेको छ ।

आइतबार एमाले ३ नम्बर क्षेत्रीय कमिटी अध्यक्ष भोला अधिकारीको अध्यक्षतामा बसेको बैठकले पूर्वमन्त्रीसमेत रहेका ढकालको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । 

२०७४ को निर्वाचनमा ढकाल सोही क्षेत्रबाट निर्वाचित संसद हुन् । उनले कांग्रेसका डा. सुनील शर्मालाई हराउँदै विजयी भएका थिए । शर्मालाई यसपटक पनि नेपाली कांग्रेसले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । 

त्यस्तै राप्रपाबाट नायिका रेखा थापाले पनि उम्मेदवारीको घोषणा गरेकी छिन् । ढकाललाई भने उक्त क्षेत्रमा टुरिष्ट सांसदका रुपमा लिने गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ