- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एसिया कप क्रिकेटमा भारत पाकिस्तानसँग पराजित भएको छ । सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई हराएको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको रोमान्चक खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको हो । भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
ओपनर मोहमद रिजवानले ७१ रन बनाए । त्यस्तै अलराउन्डर एवं प्लेअयर अफ द म्याच यस्तै मोहमद नवाजले ४२ रन जोडे । भारतका भुवनेश्वर कुमार, हार्दिक पाण्डय, अश्रदिप सिह, रबि बोस्नोई र युजभेन्द्र चाहलले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै कप्तान रोहित शर्मा र केएल राहुलले समान २८–२८ रन बनाए ।
पाकिस्तानका शादब खानले २ विकेट लिए । निसम शाह, मोहमद हसनेन, हरिस राउफ र मोहमद नवाजले १–१ विकेट लिए ।
यस जितसँगै पाकिस्तानले भारतसँग समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ । समूह चरणमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो ।