arrow

राज्यमन्त्री श्रेष्ठको नाम चितवनका दुई क्षेत्रबाट सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
umesh--shrestha.jpg

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठको नाम चितवनका दुई क्षेत्रबाट सिफारिस भएको छ । 

क्षेत्रीय समितिले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा राज्यमन्त्री उमेश श्रेष्ठको नाम क्षेत्र नं. १ र २ बाट सफारिस गरेको हो । 

चितवन १ मा राज्यमन्त्री श्रेष्ठसँगै डा. स्वर्णिम वाग्ले, डा. विश्व पौडेल, डा. तीर्थ खनिया र राजेन्द्र बुर्लाकोटीको नाम सिफारिस भएको छ । 

यसैगरी चितवन २ मा राज्यमन्त्री उमेश श्रेष्ठसँगै जितनारायण श्रेष्ठ, राजेश्वर खनाल, प्रकाश अधिकारी र राजन कार्कीको नाम सिफारिस भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ