arrow

भारतीय सेनाध्यक्ष जङ्गी अड्डामा, राष्ट्रपतिलाई भेट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
manoj-pandey.jpg

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन् । 

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो ।
 
सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षारोपणसमेत गरे । यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । 

प्रधानसेनापति शर्मा र उनबीच अहिले भेटवार्ता भइरहेको छ । केही बेरपछि सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् । 

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार यहाँ आएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ