arrow

विनोद चौधरीको नाम नवलपरासीबाट पनि सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
binod-chaudhary-chairman-group.jpg

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यका लागि नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य विनोद चौधरीको नाम सिफारिस गरेको छ । चौधरीसहित कांग्रेसले नवलपरासी क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम उम्मेदवारका सिफारिस गरेको हो ।

अर्बपति उद्योगपति चौधरीको नाम नवलपुरबाट पनि सिफारिस भएको छ । नवलपरासीबाट चौधरीसँगै देवकरण कलवार, विक्रम खनाल, कुलदीप आचार्य र उषा बास्तोलाको नाम सिफारिस गरिएको कांग्रेस नवलपरासीले जानकारी दिएको छ । यसैगरी क्षेत्र नम्बर २ मा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको नाम सर्वसम्मत सिफारिस भएको छ ।

प्रदेश सभा सदस्यतर्फ १ (क)० बाट विश्व प्रेम पाठक र (ख) मा मुकुल आचार्य छनोट भएका छन् । क्षेत्र नम्बर २ ९क० मा मोहन शर्मा र (ख) मा बैजनाथ कलवार र नगेन्द्र अग्रहरीको नाम सिफारिस गरिएको कांग्रेस नवलपरासीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ