arrow

स्याङ्जामा सवारी दुर्घटनामा जयप्रकाशको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
accident-final.jpg

पोखरा । स्याङ्जामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको बौद्रामाई नगरपालिका वडा नं. ६  घर भइ हाल तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा बस्दै आएका ३६ वर्षीय जयप्रकाश शाह रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार उनी माछा व्यापारी भएको खुलेको छ । सोमबार स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ३ राहालेमा ग११प १५११ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शाह चिसापानीमा माछा विक्री गरेर फर्कदै गर्दा मोटरसाइकल दुर्घटनामा परेका हुन् । उनी सवार मोटरसाइकल उछिट्टिएर सडकबाट करिव २० मिटर तल खसेको छ । उनी दुर्घटनामा परेको विद्यार्थीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शाहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ