arrow

लगानीबाट राम्रो लाभ, मानसिक शान्ति र आराम मिल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
rashifal-horoscope-1.jpg

आजको पञ्चाङ्ग

आज मिति २०७९ भदौ २४ गते शुक्रबार, इस्वीसंवत सेप्टेम्वर ९ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको त्रयोदशी तिथि रहनेछ ।

आज नक्षत्रमा धनिष्ठा, विष्कुम्भादि योगमा सुकर्म, करणमा गर, आनन्दादि योगमा धाता रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान ३१ घटि ९ पला अर्थात १२ घण्टा ३४ मिनेटको रहनेछ ।

आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ४६ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः१४ बजे हुनेछ ।

आजको राशिफल :

मेष : आज पनि समय शुभ रहनेछ । सहयोगीहरूको साथ जुट्नेछ भने कामका बाधाहरू पनि हट्नेछन् । मिहिनेतीहरूका लागि धेरै कुरा आर्जन गर्ने समय छ । शुभचिन्तकहरूले नयाँ कामतर्फ अग्रसर गराउनेछन् । पुराना समस्याको समाधान हुनेछ। भौतिक वस्तु तथा साधन-स्रोत जुटाउन सफल भइनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । उद्योग तथा व्यापार सम्बन्धी कामबाट विशेष लाभ हुनेछ ।

वृष : आज समय शुभ छ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला । समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुदै जानेछन् । आज साथीभाइसंग प्रियतम भेटघाट हुनेछ ।

मिथुन : आज पनि समय तथा स्वास्थ्य भरपर्दो रहनेछैन । अरूका लागि समय दिनुपर्दा आफ्नो काममा विलम्ब हुन सक्छ । केही व्यवधान भए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । ढिलै भए पनि आस मारेको कामले उत्साह जगाउनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । परिश्रम परे पनि मिहिनेतको उपलब्धि प्राप्त हुनेछ ।

कर्कट : आज स्वास्थ्य सबल रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला । टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ । सोचेअनुरुपको काम गर्न पनि कठिनाई हुने देखिन्छ ।

सिंह : आज समय शुभ छ । स्वास्थ्य ठीकठाक रहनेछ । समय लागे पनि सम्मानित काम गर्ने समय छ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । अध्ययनमा प्रगति हुनेछ । सभा-समारोहमा सहभागी बन्ने मौका छ ।

कन्या : आज पनि समय शुभ छैन, स्वास्थ्य भरपर्दो रहनेछ । विभिन्न अवसर प्राप्त भए पनि बाध्यात्मक परिस्थितिले अलमल्याउनेछ । वादविवादले काममा समस्या निम्त्याउन सक्छ । निम्तो प्राप्त भए पनि आतिथ्य औपचारिकतामा सीमित रहनेछ । मनको शंकाले रमाइलो परिवेशलाई समेत खलबल्याउन सक्छ । तर सदविचारले अभिप्रेरित हुनेहरूको दिनचर्या आनन्दमय रहनेछ । शुभचिन्चकहरूले साथ दिनेछन् । प्रेमको बन्धन कसिनेछ ।

तुला : आज समय खराब छ । आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।

वृश्चिक : आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । जे काम गर्नुछ आज थालनी गर्नुभएमा राम्रो हुनेछ । धार्मिक एवं सामाजिक कार्य पनि राम्रो हुनेछ । टाढाको यात्रा, मित्रसंगको भेटघाट पनि सुखद् हुन सक्ने देखिन्छ । तर आर्थिक कारोबार भने नगर्नुहोला ।

धनु : आज समय तथा स्वास्थ्य अनुकुल छैन । गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परे पनि निराश नभई सक्रिय रुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला । आज टाढाको यात्रा सकभर नगर्दा राम्रो हुनेछ ।

मकर : आज पनि समय भरपर्दो छैन । परिस्थितिवश काममा व्यवधान हुनेछ । पहिलेको समस्या दोहोरिनाले पुरानै काममा अलमलिनुपर्ला । यात्रा गर्दा धनमाल सुरक्षामा सजग रहनुहोला । सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । अध्ययनमा समय दिन सकिनेछैन । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछ । तर उपलब्धि हातपार्न केही समय प्रतीक्षा गर्नुपर्ला ।

कुम्भ : आज पनि समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, समय खराब छ । स्वास्थ्यको हिसावले खराव रहेको छ । घँुडा दुख्ने, शरीर दुख्ने, रुघाखोकीले पनि हैरान पार्ने अवस्था छन् । त्यसकारण उमालेको पानी पिउने, खाना तातो खाने, शरीरलाई चिसोबाट जोगाउनु पर्नेछ । आफूले गरेका काममा चित्त बुझ्नेछैन । शरीरको कुनै पनि अंग दुख्ने, चोटपटक लाग्ने सम्भावना छ ।

मीन : आज पनि समय मध्यम खालको छ । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइएला । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । पहिलेको कमजोर नतिजाले जोश-जाँगरमा कमी ल्याउन सक्छ । अध्ययनमा त्यति ध्यान दिन नसकिए पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । आफ्नै कमजोरी आत्मसम्मानमा बाधक देखापर्नेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउनेछ ।


साइत : आज सूर्य सिंह, चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 

आजको शुभ लाभादि बेला

बिहान ०५ः४४ बजेदेखि ०७ः१८ बजेसम्म चर बेला

बिहान ०७ः१८ बजेदेखि ०८ः५३ बजेसम्म लाभ बेला

बिहान ०८ः५३ बजेदेखि १०ः२७ बजेसम्म अमृत बेला

बिहान १०ः२७ बजेदेखि १२ः०२ बजेसम्म काल बेला

दिनमा १२ः०२ बजेदेखि १ः३६ बजेसम्म शुभ बेला

दिनमा १ः३६ बजेदेखि ३ः११ बजेसम्म रोग बेला

दिनमा ३ः११ बजेदेखि ४ः४५ बजेसम्म उद्वेग बेला

साँझ ४ः४५ बजेदेखि ६ः२० बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा १०ः३० देखि मध्यान्ह १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ