arrow

मधेसमा ६० प्रतिशत सिट नछोड्ने कांग्रेसको निर्णय 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
madhesh-congress.jpg

जनकपुरधाम । नेपाली कांग्रेसको मधेस प्रदेश कार्य समितिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेसमा सबैभन्दा धेरै जनाधार कांग्रेसको रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको प्रदेश प्रचार प्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई केन्द्रमा पठाउने निर्णय गरेको छ । सिफारिसमा नपरेका प्रदेश कार्यालयमा निवेदन दिएको आकाङ्क्षी उमेदवारहरु नाम राय सहित उनीहरूको नाम पनि केन्द्रमा पठाउने निर्णय भएको गुप्ताले बताए । 

उनका अनुसार प्रदेश समितिमा निवेदन दिएका नेता कार्यकर्ताहरुको पनि सिफारिस केन्द्रमा पठाउने निर्णय भएको उनले बताए ।

उक्त बैठकले आवश्यकता अनुसार मधेस प्रदेशमा प्रचारप्रसार समिति गठन गर्ने निर्णय गर्दै केन्द्रद्वारा तर्जुमा गरिने घोषणा पत्रमा मधेसको आर्थिक सामाजिक रूपान्तरणको लागि मुद्दाहरू समावेश गराइने छ । 

 बैठकले स्वर्गीय नेता प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको प्रचारप्रसार प्रमुख गुप्ताले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ