arrow

तालमेलको आशामा एमाले, यसो भन्छन् महासचिव पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
shankar-pokharel-uml-general-secretary-.jpg

भरतपुर । नेकपा एमाले का महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका छन् ।  

भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक रुपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाउँमा मात्र तालमेल हुने बताए । 

उनले भने, “स्थानीयस्तरमा पार्टी कमिटीले नचाहेमा तालमेल हुँदैन, त्यसका केन्द्रको दबाब रहँदैन ।” उनले एमाले नीतिका आधारमा जनतामाझ जाने जानकारी पनि दिए । एमाले आफ्नो मान्यतामा दृढ रहेकोसमेत उनले स्पष्ट पारे । 

निर्वाचनको समयमा जनताका मुद्दामा बहस केन्द्रित हुनुपर्ने भन्दै उनले मुलुकलाई सही दिशामा लैजानका लागि एमालेको नेतृत्व स्थापित हुनुपर्नेमा जोड दिए । रासस  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ