arrow

श्रीलंकाले हरायो पाकिस्तानलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २५ शनिबार
sl-pak-asia-cup.jpg

काठमाडौं । एसिया कप क्रिकेट २०२२ को सुपर फोरमा श्रीलंकाले शतप्रतिशत जित निकालेको छ । सुपर फोरको अन्तिम खेलमा फाइनलमा स्थान बनाइसकेका श्रीलंकाले शुक्रबार पाकिस्तानलाई ५ विकेटले पराजित गर्‍यो । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय २२ रनको लक्ष्य श्रीलंकाले १७ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाको जितमा ओपनर पथुम निशाकाले ४८ बलमा अविजित रहँदै ५५ रन बनाए । यस्तै, भानुका राजापाक्षेले २४ र कप्तान दसुन सनाकाले २१ रन बनाउँदा वनिन्दु हसरंगा १० रनमा अविजित रहे । पाकिस्तानका मुहम्मद हसनैन र ह्यारिस रौफले समान दुई विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय २१ रनको योगफल खडा गरेको थियो ।

पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ३० रन बनाएका थिए । यसबाहेक, मुहम्मद नवाजले २६, मोहम्मद रिजवानले १४ रन जोड्दा फकर जमान र इफ्खिर अहमेदले समान १३ रन जोडे ।श्रीलंकाका वनिन्दु हसरंगाले तीन विकेट लिए । 

सुपर फोरमा यसअघि श्रीलंका र पाकिस्तान दुवैले भारत र अफगानिस्तालाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।

भारतले सुपर फोरमा अफगानिस्तानलाई हराउँदा अफगानिस्तानले भने सबै खेल हारेको थियो । 

फाइनल खेल भोलि बेलुकी हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ