arrow

नेतृत्वलाई दवाव दिन पोखरामा युथ टेबल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २५ शनिबार
Nepali-Congress-Party-Flag.jpg.jpeg

पोखरा । कांग्रेसबाट प्रदेश तथा प्रतिनिधिसभा उम्मेद्वारका लागि सिफारिस भएका युवाहरूले नेतृत्वलाई दवाव दिन पोखरामा युथ टेबल गर्ने भएका छन् । 

युवालाई टिकट दिन दवाव दिने उद्देश्यले आयोजना गरिने कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाबाट प्रदेश र प्रतिनिधिसभा उमेदवारमा सिफारिस भएका युवाहरू सहभागी हुनेछन् ।

त्यहाँ उनीहरूले आफ्नो लिखित तथा मौखिक प्रस्तुतीमार्फत युवाका एजेन्डा र कांग्रेसले लिनुपर्ने अबको बाटोबारे छलफल गर्नेछन् । ११ जिल्लाका १८ जना प्रतिनिधिसभा र ३६ जना प्रदेशसभामा सिफारिस भएका युवाहरू भेलामा सहभागी हुने अजित क्षेत्रीले बताए ।

आइतबार बिहान ११ बजे पोखरामा हुने कार्यक्रममा पार्टीमा युवाहरूलाई स्थान दिन दबाब दिने र घोषणापत्रमा समेट्नुपर्ने विषयमा छलफल हुने उनले जानकारी दिए । ठूलो पार्टी भएपनि टिकट बाँड्ने बेला युवाहरूलाई पछाडि पारिँदा स्वतन्त्र युवाहरूले जित्ने अवस्था आएको उनीहरूको ठहर छ ।

कार्यक्रममा छलफलका लागि उनीहरूले “स्वतन्त्र चम्किने, कांग्रेसका युवा कहिलेसम्म थन्किने, परिवर्तनका निम्ति युवा’ , “सक्षम युवा, एजेन्डासहित” नाराहरू तय गरेका छन् । कार्यक्रममा सिफारिस भएका हरेक युवालाई बोल्ने समय दिइनेछ । उनीहरूले आफ्नो प्राथमिकता राख्नेछन् ।



नयाँ