arrow

त्रिचन्द्रमा ढुङ्गा हानाहान

राष्ट्रपतिको पुत्ला दहन गर्ने क्रममा प्रहरीको हस्तक्षेप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
trichandra-college.jpg

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले त्रिचन्द्र क्याम्पस अघि निकालेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । 

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा सङ्घले प्रदर्शन गरेको थियो । 

नेविसंघले राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि नेविसंघ कार्यकर्ताले पनि ढुङ्गा हानेका थिए । त्यसपछि दुवै पक्षबीच ढुङ्गा हानाहान भएको हो  ।

नेविसंघले बाटो अवरुद्ध गरेर प्रदर्शन गर्दा केही समय घण्टाघर आसपासको सवारी आवागमन अवरुद्ध भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ