arrow

अवैध धन्दा

नेपालीको पैसा डुबाउने 'अवैध धन्दा' को प्रचार गरिएको अलिस राईको भिडियो युट्युबको एक नम्बरमा

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७९ भदौ २६ आइतबार
youtuber-1x-bet.jpg

काठमाडौं। आइतबार बिहान युट्युबमा नेपालका लागि ट्रेन्डिङ १ मा अलिस राई नामक युट्युब च्यानलमा रहेको प्रेंक भिडियो रहेको थियाे। यो समाचार १ बजेर २६ मिनेटमा बनाइरहँदा पनि उक्त भिडियो ट्रेन्डिङको एक नम्बरमै रहेको छ ।

चर्चित सामाजिक सञ्जाल युट्युबमा प्रेंक (मजाक) गरिएको भिडियो हाल्दै आएको अलिस राई नामक युट्युब च्यानलले आफ्ना पछिल्ला भिडियोमा गैरकानूनी 'धन्दा' गराउने एप तथा वेबसाइट 'वान एक्सबेट'को विज्ञापन राखेकाे छ।

सहजै दर्शकलाई हँसाउन सक्ने किसिमको भिडियो कन्टेन्ट बनाएर अलिस राईको युट्युब च्यानल लाखौं सब्सक्राइबर बनाउन सफल भएको छ। अलिस राई च्यानलको भिडियो हेर्नेको संख्या पनि उच्च भएकै कारण उनको पछिल्लो प्रेंक भिडियो नेपालमा ट्रेन्डिङ (सबैभन्दा बढी हेरिने) भिडियोको पहिलो नम्बरमा रहेको छ।

तर दुखको कुरा के भने दर्शकलाई हँसाउनका लागि बनाइएको भिडियोमा दर्शकलाई डुबाउन खोजेका छन् 'युट्युबर अलिस राई'ले ।

बच्चादेखि वृद्धलाई फँसाउने वान एक्सबेट

अलिस राईले भिडियोमा प्रचार गरेको वान एक्सबेट अनलाइन जुवा खेलाउने वेबसाइट एवं एप हो। वान एक्सबेटले त्यसमा सट्टाबाजी गर्न सजिलै पैसा हाल्न सकिने तर जित्न र पैसा झिक्न निकै गाह्रो हुने रणनीति अपनाएकाे छ ।

खासगरी विभिन्न खेलहरू कुन टिमले जित्छ भनेर अनुमान गर्न पैसा लगाउन मिल्ने हुँदा धेरै जना यसमा आकर्षित छन् । सन् २०२२ को नोभेम्बरदेखि कतारमा हुने विश्वकप फुटबल नजिकिँदै गर्दा 'नेपालीमाथि ब्रह्मलुट' गर्न वान एक्सबेटले विज्ञापन  खझ बढी गर्न खोजिरहेको छ ।

त्यसभन्दा पनि प्रमुख कुरा नेपालमा जुवा कानून विपरीत हो अर्थात् गैरकानूनी हो। यस्तोमा कयौं दर्शकको मन जितेका यस्ता युट्युब च्यानलले भने जुवाकै विज्ञापन गराउनु दुःखद कुरा हो।

त्यो पनि अनलाइन जुवा । जुन १० वर्षको बच्चाले समेत घरमा बसेर मोबाइलबाट खेल्न सक्छ । यो झनै खतरनाक धन्दा हो। वान एक्सबेटमा पैसा लगाएर आफ्नो पैसा डुबेका कयौं उदाहरणहरु तल राखिएको छ।

वान एक्सबेट गत बैशाखमै बन्द गरिएको थियो

क्रिप्टोकरेन्सी, हाइपर फन्ड, अनलाइन बेटिङ जस्ता वेबसाइटमाथि सरकारले लगायो प्रतिबन्ध

नेपाल दूरसञ्चार प्राधिकरणले गत बैशाखमै क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवासँग सम्बन्धित वेबसाइट र एप बन्द गर्न निर्देशन दिएको थियो । नेपालमा वान एक्सबेट सर्च गर्दा देखिने वेबसाइट र एप बन्द गरिएको छ।

तर, अवैध धन्दा गराउने वान एक्सबेट यति खतरनाक बनेकाे छ कि यसले अलिस राई जस्ता युट्युबरलाई दिएको विज्ञापनमा नयाँ वेबपेजको लिंक राखिदिएको छ । त्यो लिंकमा गएर जोसुकै पनि सहजै रजिस्टर हुनसक्छ।

युट्युबरले राखेको लिंकमा जादा खुल्ने वान एक्सबेटको वेबपेज

चार-पाँच हजार गरी नेपालीको करोडौं डुब्दै

क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवा जस्ता यस्ता धन्दामा धेरै जसोले, 'आए आउँछ, न आए हजार, चार-पाँच हजार त हो जाला,' भनेर पैसा लगाउँछन् । नेपालको जनसंख्याको झण्डै ८० प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको दुरसञ्चार प्राधिकरणको तथ्यांक छ।

मानौं यसरी एक लाख जनाले वान एक्सबेटमा जुवा खेल्न अथवा सट्टेबाजी गर्न एक-एक हजार हाल्ने हो भने, वान एक्सबेटले १० करोड रुपैयाँ उठाउँछ।

नेपालमा गैरकानूनी धन्दा, त्यो पनि दर्ता नभएको कम्पनी जसले नेपालीको यति ठूलो पैंसाको सानो हिस्सा करका रुपमा समेत सरकारलाई दिँदैन यसले हामीलाई उल्लु बनाएर पैसा लग्छ, हामी एक जनाको त हजार रुपैयाँ जान्छ तर, यसरी युवा पलायन भइरहेको देशको भएकाे अलिअलि पैसा पनि बाहिरिन्छ।

मिलायाे भने त जितिन्छ, कमाइ हुन्छ नि !

शुरुमा हामीले यो बुझ्न जरुरी छ कि जुवा नेपालमा अवैधानिक हो । जुवाडेहरु प्रकाउ परेको समाचार दशैंतिहारमा बढीजसो आइरहकै हुन्छ।

त्यसपछिको महत्वपूर्ण कुरा भनेको, वान एक्सबेटमा ४/५ हजार रुपैयाँ लगाएर कमाएर काठमाडौंमा घर किन्न सकिन्न, कलेजको शुल्क तिर्न सकिन्न, विदेश जान लाखौं कमाउन सकिन्न, नेपालमा व्यापार गर्नका लागि पैसा कमाउन सकिन्न, यति पनि कि आफ्नो दैनिक खर्च चलाउन  पनि वान एक्सबेटबाट कमाउन सकिन्न ।

मानौं एक तिहाईको सट्टेबाजी मिल्यो र उनीहरुले कमायो भने पनि माथिको उदाहरणकै हिसाब गर्ने हो, भने पनि १० करोडको एक तिहाई करिब ३ करोड रुपैयाँ नेपालीले फिर्ता पायो। सट्टेबाजी मिलाउँदा पाउने थप रकम गरी १० कराेडकाे आधा पाँच कराेड रूपैयाँ फिर्ता आए पनि बाँकी ५ करोड नेपालको पैसा त बाहिरिन्छ नै।

तर एक तिहाइले जित्ने र पैसा फिर्ता पाउने दुर्लभ अवस्था हाे । वान एक्सबेटमा पैसा कमाउने भन्दा पनि बढी जुवा खेल्न लत लाग्दै जान्छ ।

त्यसैले तपाइ एक जनाको एक हजार-पाँच हजार हैन, लाखौं नेपालीको एक हजार-पाँच हजार गरी  करोडौं । सम्भवतः अर्बाैं नेपाली रुपैयाँ यस्ता धन्दाहरुबाट बाहिरिने गरेको छ । त्यसैकारण यस विषयमा हरेक व्यक्ति आफू पनि सचेत हुन उत्तिकै जरुरी छ ।

ध्यानमा राख्न जरुरी अर्काे कुरा के छ भने वान एक्सबेटमा जुवा खेल्न पैसा हाल्न जति सहज छ । त्यसको विपरीत कयौं गुणा गाह्रो पैसा फिर्ता ल्याउन छ ।

कयाैं छन्, वान एक्सबेटमा पैसा गुमाउनेहरु

पाँच-दश हजारको प्रलोभनमा परेर वान एक्सबेटको प्रचार गरेर आम नेपालीको पैंसा फसाउने 'युट्युबे'हरुको भीडमा एक युट्युबरले भने, विज्ञापन अस्वीकार गर्दै वान एक्सबेटकाे पर्दाफास गरेका छन् ।

टेक्निकल भ्यु नामको नेपाली युट्युब च्यालनमा कन्टेन्ट निर्माताले वान एक्सबेट के हो, यसमा लगानी किन नगर्ने, कसरी पैसा गुम्छ भनेर बुझाउन खोजेका छन् ।

उनको भिडियाेको कमेन्टमा कयौंले आफुले थुप्रै पैसा गुमाएको बताउँदै वान एक्सबेटमा पैसा नहाल्न आग्रह गरेका छन् ।

युट्युबेलाई नियन्त्रण गर्नै कठिन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको विज्ञापन बोर्डले गत जेठमै वान एक्सबेट जस्ता अनलाई जुवा खेलाउनेहरुको विज्ञापनमाथि रोक लगाएको थियो । बोर्डले विज्ञापन नियमन ऐन २०७६ को दफा ५ को उपदफा १ को खण्ड ख को व्यवस्था विपरित यस्ता विज्ञापन गर्नेलाई कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो ।

तर यसका बाबजुद अलिस राई, जलान, बल्छि धुर्वे, दि पीके भाइन्स लगायतका युट्यु च्यानलले वान एक्सबेटको विज्ञापन गरिरहेका छन् । हुँदा हुँदा हिमालय टेलिभिजनमा प्रसारण हुने चर्चित हास्य टेलिश्रृङ्खला सक्किगोनिले समेत यसको विज्ञापन गरेको समाचार बाहिरिएको थियो ।

सामाजिक सञ्जालमा क्रिकेटर सन्दिप लामिछाने, सोमपाल कामीलगायतको तस्बिर राखेरसमेत वान एक्सबेटको प्रचार भइरहेको छ ।

                       

के भन्छ नियामक निकाय ?

विज्ञापन बोर्डले यस्ता विज्ञापन गर्नेहरुलाई तुरुन्तै कारबाही गर्ने भनेको छ । विज्ञापन बोर्डका सूचना अधिकारी दिलिपकुमार महर्जनले वान एक्सबेटको प्रचार गर्ने युट्युब च्यानलामाथि कारबाही गर्न तुरुन्तै कदम चाल्ने बताएका छन् ।

यस्ता विज्ञानपमा बोर्डले रोक लगाएको र विज्ञापन गरिरहेका कम्पनी, संस्था, समूह वा व्यक्तिमाथि पनि जानकारी भएसँगै कारबाहीका लागि बोर्डले कदम चाल्ने महर्जनले बताएका छन् ।

‘जोसियल’लगायतका नेटवर्किङ्ग व्यवसायमा संलग्नलाई १० लाख जरिवानासहित पाँच वर्ष जेल सजाय हुने



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ